बुटवल । रुपन्देहीमा बँदेलको पासोमा परेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका ११ का ४० वर्षीय मीनबहादुर गौतम रहेका छन् । उनको बँदेल मार्नका लागि बनाइएको पासोमा परेर मृत्यु भएको हो । प्रहरीका अनुसार गौतमसहितको एक समुहले दुईसाता अघि जङ्गलमा बँदेल मार्न विद्युतीय धरापसहितको पासो बनाएका थिए ।

प्रहरी प्रमुख डिलबहादुर मल्लका अनुसार बैशाख १ गते गौतमको पासोमा परेर मृत्यु भएपछी उनका साथिहरुले जङ्गलमा लगेर गाडेको बताइएको छ । शव जङ्गलमा लगेर गाडेको मृतकका साथिहरुले स्वीकारेको र पाँच जनालाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।