डडेल्धुरा । डडेल्धुरा बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको परिचय खुलेको छ ।
कैलालीको धनगढीबाट बझाङका लागि छुटेको ना ४ छ १८३१ नम्बरको बस डडेल्धुराको साउखर्कमा बिहान दुर्घटनामा परी बझाङ केदारस्यू गाउँपालिकाका नरेन्द्र गुर्धामी, कलशीदेवी गुर्धामी, हरुली बोहरा, बझाङ तल्कोट ४ का धनबहादुर घर्ती तथा भारत बिहारका मोहमद नासिरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
दुर्घटनामा परी घाईते भएका २० जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ।










