भद्रपुर । बिजुलीको करेन्ट लागेर भद्रपुरमा एक युवक गम्भिर घाइते भएका छन् । घाइते हुनेमा भद्रपुर ५ मेचीकिनार निवासी अन्दाजी १८ बर्षीय राजु साह रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार बुधवार बिहान भद्रपुर ५ स्थित बधशाला अगाडी विवाहको पण्डालमा बिजुली जडान गर्ने क्रममा साहलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भिर घाइते भएका साहको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए । ‘घाइते साहको दाँया हात पूरै जलेको छ’, प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘खुट्टा र शरिर पनि जलेको देखिन्छ, तर अवस्था खतरामुक्त छ ।,










