काठमाडौं । बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको निर्णायक भूमिका रहेको भेटिएको छ ।

बस्न्यातले अख्तियारको प्रमुख आयुक्त हनुभन्दा अघि तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव रहेका बेला पर्ती, सरकारी र राजकुलोको जग्गासमेत नक्कली मोहीका नाममा दर्ता गरिदिन मन्त्रिपरिषद्मा पेस गरेको विवरण भेटिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘२०२१ र ०४७ सालको नापीमा सरकारी पर्ती जग्गा भनी स्पष्ट किटान गरिएको जग्गा बस्न्यातले मोहीका नाममा कायम गरिनुपर्छ भनी मन्त्रिपरिषद्मा पेस गर्नुभयो । प्रस्तावका साथ पेस भएको नापीको फिल्डबुकमा मोही नभएको जग्गा भनि स्पष्ट लेखिएको थियो ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले भन्यो,‘उहाँकै प्रस्तावका आधारमा मन्त्रिपरिषद्ले निर्णय ग¥यो । नक्कली मोहीहरुले धमाधम जग्गा आफ्नो नाममा बनाएर बेच्न थाले । नक्कली मोहीका अधिकांश जग्गा शोभाकान्त ढकाल रामकुमार सुवेदी र उनका परिवारका सदस्यका नाममा किनिएको छ । ‘

मोही नै नभएको जग्गा बस्न्यातको प्रस्तावमा नाराञ्चा महर्जन नामको मोही खडा गरी जग्गा दर्ता गराएको भेटिएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।