काठमाडौं । देशका अधिकांश भूभागमा आंशिक बदलीको सम्भावना छ ।

बिहीबार पहाडी क्षेत्रमा अपरान्हपछि बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पूर्वी तथा मध्य क्षेत्रका केही स्थान र पश्चिमी पहाडीका एक–दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिहीबार राति देशका पहाडी भूभाग बाहेक तराईका भूभागमा मौसम सफा रहनेछ । देशको पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।