काठमाडौं– नागरिक उड्डयन प्राधिकरणलाई आफ्नो इजाजतपत्र खारेज गर्न चुनौति दिने नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामालाई ७ दिने स्पष्टीकरण सोधिएको छ ।
एक अनलाइन भिटीमा ५५ मिनेट लामो अन्तर्वार्ताका क्रममा नियमनकारी निकायलाई चुनौति दिएपछि प्राधिकरणमातहतको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले गत बुधबार सात दिने स्पष्टीकरण मागेको हो ।
गत चैत १९ गते राती भएको निगमको दुबई उडान रद्दबारे पाइलट लामाले बोलेको विषयलाई लिएर स्पष्टीकरण सोधिएको कान्तिपुर दैनिकमा खबर छापिएको छ।










