काठमाडौं । पछिल्लो समय काठमाडौंवासीको मात्र नभइ काठमाडौं घुम्न आउने नेपाली र विदेशीको समेत आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकसित तथा परिचित चन्द्रागिरीलाई पटक पटक विवादमा तान्ने प्रयास भएको छ ।
पछिल्लो पटक केही जनजाती नेताले चन्द्रागिरीमा रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक हटाउनुपर्ने भन्दै प्रदर्शन गरेका छन् । अझ भन्नुपर्दा आदीवासी जनजातीभित्र पनि अराजक नेताको उपमा पाएका आङकाजी शेर्पालगायतको समुहले बुधबार चन्द्रागिरी पुगेर यस्तो माग राख्दै प्रदर्शन गरेका हुन् ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई जनहत्याराको आरोप लगाउँदै शेर्पासहितको जनजाती टोलीले चन्द्रागिरीमा किर्ती लक्ष्मीको तस्बिर देखाउँदै प्रदर्शन गरेका हुन् । उनका अनुसरा पृथ्वीनारायण शाहसंग पुरूषको भेष लगाएर साहसिक महिला योद्धा किर्ती लक्ष्मीले युद्ध लडेकी थिइन् । युद्धमा लडदा किर्तीलक्ष्मीले आफ्नो नाम पुरूषको नाम भैरव सिंह राखेकी थिइन् । उनै कीर्तिलक्ष्मीको नामबाट हालको कीर्तिपुर नाम राखिएको भनाई छ ।










