काठमाडौं, १२ वैशाख : सरकारले कतारस्थित नेपाली राजदूत रमेशप्रसाद कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए ।
कोइराला पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पालामा नेपाली कांग्रेसको कोटामा राजदूत बनेका थिए । पछिल्लो समयमा उनी विवादित बनेका थिए ।
नेपाली कामदारहरुलाई आर्थिक भार पर्ने गरी ुकतार भिसा सेन्टर स्थापनाको लागि कोइराला आफै लागेको भन्दै उनको आलोचना भएको थियो ।











