नेपाल र यूएईबीच बीच भयो नयाँ श्रम समझदारी

सरकार र संयुक्त अरब इमिरेट्स (युएई) बीच नयाँ श्रम सम्झौता गर्ने समझदारी भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि भएको श्रम समझदारीलाई प्रतिस्थापन गरी नयाँ श्रम सम्झौता गर्ने सहमति भएको हो । नेपाल र युएईबीच काठमाडौंमा सम्पन्न श्रम अधिकारीहरु संलग्न प्रविधिक टोलीको बैठकमा यस्तो सहमति भएको हो ।

श्रम मन्त्रालयका एक अधिकारीका अनुसार समझदारीको लागि मस्यौदाले अन्तिम रुप पाएको र अब आधिकारिक अधिकारीहरुले हस्ताक्षर गर्न मात्रै बाँकी छ ।

प्राविधिक टोलीले टुंगाएको श्रम समझदारीको मस्यौदालाई दुवै देशको मन्त्रिपरिषदको बैठकले निर्णय गर्नसाथ हस्ताक्षर हुने भएको छ ।

बैठकमा युएई जाने कामदारको सबै खर्च रोजगारदाताले व्यहोर्ने गरी सहमति जुटेको बताइएको छ । युएई नेपाली कामदारको तेस्रो गन्तव्य मानिन्छ ।