रुकुम । रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका–८ सिम्लीबाट सोही गाउँपालिका–३ गरायलाको पेदी जोड्ने पुल निर्माण गर्न सुरु भएको ६ वर्ष पूरा भएको छ। अझैसम्म पनि पुल निर्माणको कुनै छाटकाट छैन।

दुई वर्षभित्र निर्माण गरिसक्ने गरी काम सुरु भएको उक्त पुल कहिले बन्छ भन्ने अझैसम्म पनि कुनै टुंगो छैन। पुल निर्माणको काम तोकिएको समय बितिसक्दा पनि नसकिएकाले समस्या भइरहेको छ। २०७० मा निर्माण सम्झौता भएको उक्त पुल २०७२ सालमा नै निर्माण गरिसक्ने लक्ष्य थियो। लक्ष्यअनुसार काम भएको भए अहिले उक्त पुलमा सवारी साधन गुडिसक्थे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लामो समयदेखि अलपत्र बनेको पुल निर्माण पछिल्लो समय धमाधम काम भइरहेको छ। बिक्यू बिल्डर्स काठमाडौंले अर्काे कम्पनीलाई जिम्मा दिएर अहिले ट्रस्टको काम गराइरहेको छ। यसअघि नदी वारि र पारि एक–एकवटा पिल्लर मात्रै बनाउन सकेको कम्पनीले अर्काे कम्पनीमार्फत ट्रस्टको काम गराइरहेको छ। पुलमा अबको केही दिनमै ट्रस्टको काम सकिने बताइएको छ। ठेकेदार कम्पनीले तलपट्टिको ट्रस्ट बिछ्याइ सकेर माथिको ट्रस्ट जोड्ने काम गरिरहेको छ। पछिल्लो पटक सुरु गरिएको काम तीव्र रूपमा भइरहेको स्थानीयले जनाएका छन्। आजको नागरिक दैनिकमा खबर छ ।