सहबान अन्सारी / नवलपरासीको सरावल गाउँपालिका वडा नं ३ जनकपुरमा माेटरसाईकल अनियन्त्रित हुदा १ जनाकाे मृत्यु २ जना गम्भीर घाइते भएका छन ।

भुतहा महेशपुर सडक खण्डमा अन्तर्गत कजणहियाबाट परासी तर्फ अाउदै गरेको लु ८ प ९९६३ नम्बरको मोटरसाइकल अनियन्त्रित हुदाँ माेटरसाइकल चालक रामग्राम १६ सुरेश राजभरकाे मृत्युु भएको र सवार राजकुमार चमार र दुर्गेश सिंह गम्भीर घाइते भएकोे गाेबरहिया प्रहरी चाैकि इन्चार्ज रामकाजि गुरुङले जानकारी दिनुभएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटना मोटरसाइकलमा सवार तिनजना साथै अाेभर स्पिडका कारण मोटरसाइकल अनियन्त्रित हुन पुगेकाे प्रहरीले जनाएको छ । घाईते भएकाहरुलाई उपचारको लागी पृथ्वी चन्द्र अस्पताल परासी पठाईएको छ