काठमाडौं, १३ बैशाख । सर्वोच्च अदालतले २०५४ सालमा बाँडिएका ३४ हजार नागरिकतावाहकका सन्तानलाई तत्काल वंशजको नागरिकता वितरण नगर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले त्यतिबेलाका नागरिक विवादमा भएकाले ती नागरिकताको विवाद नटुंगिएसम्म ती नागरिकतावाहकका सन्तानलाई वंशज नागरिकता जारी नगर्न आदेश दिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सर्बाेच्चमा केहीदिन अघि परेको रिटको सुनुवाई गर्दै प्रधानन्यायाधीस जवरा र भण्डारीको इजलासले शुक्रवार यस्तो निर्णय गरेको हो ।