एजेन्सी - ‘इस्टर सण्डे’को दिन श्रीलंकामा भएको श्रृंखलाबद्ध आक्रमणपछि देशकको सुरक्षा बलले राष्ट्रव्यापी ‘सर्च अप्रेसन’ चलाइरहेको छ । अधिकारीले ‘सर्च’ तथा अन्य सुरक्षा व्यवस्थाको लागि १० हजारभन्दा बढी सुरक्षाकर्मी उतारिएको जानकारी दिएका छन् ।

‘सर्च’का क्रममा केही स्थानमा मुडभेड पनि भएको छ । शुक्रबार साँझ सुरक्षाकर्मी र सशस्त्र उग्रवादीबीच यस्तै मुडभेड भयो । सुरक्षाबलले सो स्थानमा लुकेका आतंकवादीको सम्बन्ध आइतबार भएको आक्रमणसँग रहेको जानकारी दिएको छ । प्रहरी प्रवक्ताले पछि दिएको जानकारीअनुसार कलासुनाई भन्ने ठाँउमा भएको उक्त भुडभेडमा एक उग्रवादीले आत्मघाती विस्फोट गराए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै प्रहरीले गरेको ‘सर्च’का क्रममा शुक्रबारसम्म आइएसको युनिफर्म, सोही संगठनको व्यानर, १५० जिलेटिन स्टिक, एक लाख बल बेरिङ र एक ड्रोन क्यामरा बरामद भएको छ । राष्ट्रपतिले मैत्रिपाला सिरिसेनाले श्रीलंका प्रहरीले आइएससँग सम्बन्धको आशंका गरिएका १४० मानिसलाई प्राथमिकताका साथ खोजी गरिरहेको बताए । श्रीलंकाको गुप्चतर एजेन्सीले जवाफी आक्रमण हुन सक्ने भएकाले सबैलाई सतर्क हुन आग्रह गरेको छ ।

श्रीलंकामा रहेका मुसलमान समुदायलाई घरबाट बाहिर ननिस्कन पनि आह्वान गरिएको छ । बम आक्रमणको रिसमा तिमाथि साम्प्रदायिक आक्रमणको सम्भवना भएकाले घरभित्रै नमाज पढ्न सुझाव दिइएको छ ।

आक्रमण रोक्न नसकेका प्रहरी प्रमुखद्वारा राजीनामा

शुक्रबार नै श्रीलंकाका प्रहरी प्रमुख पुजित जयसुन्दरले आफ्नो पदबाट राजीनामा दिएका छन् । बम आक्रमणका कारण राजीनामा दिने उनी दोस्रो शीर्ष व्यक्ति हुन् । जयसुन्दरले बम आक्रमण हुन सक्ने भन्ने सुचना पहिले पाए पनि आक्रमण रोक्न कदम चाल्न नसकेकाे भन्दै राजीनामा दिएका हुन् । यसअघि रक्षा सचिव हेमासिरी फर्नाडोले पदबाट राजीनामा दिएका थिए ।

फर्नडोले भने दबाबमा राजीनामा दिएको संकेत गरिएकाे छ । शुक्रबार उनले आफ्ना राजनीतिक मालिकलाई बचाउनका लागि राजीनामा दिनु परेको बताए । ‘इस्टर सण्डे’को दिन तीन चर्च र तीन होटेलमा भएको आक्रमणमा २५३ मानिसको मृत्यु भएको थियो भने ५ सयभन्दा बढी घाइते भएका थिए ।