दमक÷ दमकका एक सामान्य होटल ब्यवसाय गर्दै आएका काजी राउतले नेपाल भारत सिमामा पर्खाल बनाउन सरकारलाइ ५० हजार सहयोग गर्ने बताएकाछन् । नेपाल भारत सिमामा पर्खाल बनाउन जनताको लगानी अभियान चलाउन आग्रह गर्दै सरकारले यसरी आग्रह गरेमा ५० हजार आफू दिने फेसबुकबाट घोषणा गरेकाहुन् । दमकको साविक वडा नंं ११ मा एउटा साना नास्ता र चिया पसल अर्थात तेह्थुमे होटल चलाएर पारिवारिक गुजारा चलाउदै आएका राउतले ठूलै राजनीति गछू भन्ने नेताहरुलाइ चुनौती दिदै यस्तो बताउनु स्वभिमानको एउटा गतिलो उदाहरण पनि हो । उनले फेसबुक स्टाटसमा ३ करोड नेपालीले यो अभियानमा सहभागि गराउन आह्वन गर्नका लागि आग्रह पनि गरेकाछन् । बैक खाता खोलेर सरकारलाइ अघि बढ्न सुझाव दिएका राउतले भनेकाछन्–बोरु एक छाक खान तयार छु सरकारले यो अभियान बढाए म ५० हजार अभियान शुरु भएकै दिन दिन्छु । उनको यो स्वभिमानी घोषणासंगै उनलाइ फेसबुकमा समर्थन जनाएर आफू पनि रकम दिन तयार हुनेहरु थुप्रै भएकाछन् । राउत दमकमा होटल ब्यवसाय गरेपछि युवाहरुमाझ लोकप्रीयछन् । उनको चियापसलमा पत्रकार, साहित्यकारदेखि लिएर राजनीतिज्ञसम्म आएर बस्ने, चियानाँस्ता खाना र बहस गर्ने गर्छन् ।
वाह ! काजी राउत-जसले नेपाल भारत सिमामा पर्खाल लगाउन सरकारलाइ ५० हजार दिने घोषणा गरे
सवाल नेपालसंवाददाताशुक्रबार, २५ फागुन २०७३

वाह ! काजी राउत-जसले नेपाल भारत सिमामा पर्खाल लगाउन सरकारलाइ ५० हजार दिने घोषणा गरे
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



