बुटवल । काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ५१८७ नम्बरको बस कपिलवस्तुको चप्परगाउँमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।
बिहान गियर बक्स बिग्रिएपछि बस अनियन्त्रित भई राजमार्गबाट करिब ५० फिट दक्षिण पल्टिएको प्रहरीले जनाएको छ ।
४५ यात्रु सवार रहेकोमा १४ जना घाइते भएको र घाइतेको तत्काल उद्दार गरी सामुदायिक अस्पताल ४ नम्बर जीतपुरमा पुर्याई अहिले उपचार भईरहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी सहायक निरीक्षक शेर सिंह धामीले जानकारी दिए ।
यस्तै बुटवलमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
पुर्वपश्चिम राजमार्ग अन्र्तगत बुटवलको नयाँगाउँ चोकमा गाडीको ठक्करबाट रुपन्देहीको सैनामैनाका ३५ वर्षीय सुरेन्द्र पाण्डेयको मृत्यु भएको छ ।
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले सवारीको ठक्करबाट पाण्डेयको मृत्यु भएको तर कुन सवारी ठक्कर दिएको बिषयमा प्रहरीले अनुसन्धान गरिहेको जनाएको छ ।
उनको शव लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ ।










