काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमयेर हरिप्रभा खड्गीमाथि आक्रमणको प्रयास भएको छ । काठमाडौं महानगरपालिले खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका सटर भत्काएपछि उपमेयर खड्गीमाथि आक्रोशित व्यवसायीहरुले आक्रमणको प्रयास गरेका हुन् ।
उपमेयर खड्गी केही साताअघि सोही ठाउँमा पुगी निर्माणधिन अवस्थामा रहेको सटरहरुको अवलोकन गर्दै व्यवसायीहरुलाई सल्लाह सुझाव दिएकी एक आक्रोशित व्यवासायीले बताए ।
तर, आज उक्त ठाउँमा डोजर परिचलन गरेर सटर भत्काइसकेपछि पुगेकी उपमेयर खड्गीमाथि आक्रोशित व्यवसायीहरुले आक्रमणको प्रयास गरेका हुन् ।
डोजर चल्दा चर्को सलामी तिरेर सटर भाडामा लिएका व्यवसायीहरुले उपमेयर खड्गीमाथि आक्रमणको प्रयास गरेका हुन् । सो क्रममा व्यवसायीहरुले समाचार संकलनमा पुगेका पत्रकार समेतलाई आक्रमणको प्रयास गरेका थिए ।
चौतर्फी विरोध र दवाव थेग्न नसकेपछि शनिबार दिउँसो ठेकेदारले नियम विपरित बनाएका ५२ वटा सटर महानगरपालिकाले डोजर परिचालन गरेर भत्काएको हो ।
आक्रोशित हुँदै व्यवसायीहरु आक्रमणमा उत्रिएपछि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रातो पाटि बाट साभार










