चिनका राष्ट्रपति सी चिनफिङले ‘समृद्धि नेपाल सुखी नेपाली’ को अभियानमा सहयोग निरन्तर रहने बताउनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको सक्षिप्त कुराकानीमा उहाले सो कुरा बताउनु भएको हो ।
राष्ट्रपति सि ले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले लिए समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सफल बनाउन चिनले सक्दो सहयोग गर्ने बताउनु भयो । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका अनुसार सिले नेपालको अभियानमा चिनले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको जानकारी दिनुभयो ।
यसैगरी राष्ट्रपति सि ले पछिल्लो समय जलबायु परिवर्तनको असरले विशेष गरी सगरमाथा क्षेत्रमा पारेको प्रभावका बारेमा पनि गम्भिर चासो व्यक्त गर्नुभएको थियो । ‘ट्रान्स हिमालयन मल्टी–डायमेश्नल कनेक्टिविटी नेटवर्क’ले नेपाल ल्याण्ड लकबाट ल्याण्ड लिकमा लैजाने कदममा सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।











