श्रीमान श्रीमती

अलि बाहिर गएर बिस्तारै बोलिन,

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हेलो..

ओइ मलाई दुखि बनाएर त कसरी अरु संग खुसि हुन सक्छेस रुखो आवाजमा केटा मान्छे बोल्यो!

को होर मैले चिनिन बिस्तारै बोलिन।

म तेरो ex चिनिस??

उनी छाङगा बाट खसे झै भइन..

तिमी छोडेर गएपछि किन फेरि सताउन आउछौ मैले तिमीलाई धोका दिएर बिहे गरेको होइन

तिमीले बिच बाटोमा छोडेउ म मर्न पनि सकिन अनि बिहे गरे मेरो सुन्दर जिन्दगी बिथोल्न नआउ मैले भगवान जस्तो श्रीमान पाएको छु तिमी संग माया लाए सफल भईन तर बदनाम गर्न नआउ आजसम्म बिश्वास जुटाएर सबैको मनमा छु म अब।जसको हो मृत्यु सम्म पनि उहाँको हो अरु सोच्न सक्दिन तिमी मेरो प्रेमी थिएउ उहाँ मेरो श्रीमान हो तिमी संग जान अन्जानमा जवानी बित्यो तर मेरो श्रीमान संग त मैले पूरा जिन्दगी बितमउनु छ।

पिल्ज मेरो जिन्दगीमा काडे तार बनेर नआऊ उनी रूदै थिइन...

उनक‍ो श्रीमानले सब सुनि रहेका थिए..

मोबाइल खोसे

श्रीमती डरले काम्न थालिन

हेलो को हो तपाई?

केटा एकोहोरो बोल्न थाल्यो..

तेरो बुढीलाई अथाह माया गर्ने पागल प्रेमी..

जो संग मैले कयौं रात बिताएको छु सोध तेरै

बुढीलाई म को हो भनेर...

केटिको बुढाले उसको कुरा सुनेर मुसुक्क हास्दै भन्यो..

कसैको जिन्दगी संग खेलेर बिहे गरेर गएको मान्छेलाई दुख दिनु माया भन्छौ तिमी?

अनि अर्को कुरा कसैको जवानीको फाइदा उठाएर बिच बाटोमा छोड्ने मर्द होइनन नामर्द हुन..

मेरी श्रीमतीको बिगत संग मलाई सरोकार छैन बिहे अघि उनी को थिइन के थिईन कस्तो थिइन गुनासो छैन अब उनी कसैको बुहारी हुन

कसैको भाउजू हुन

कसैको जेठानी हुन

कसैको देवरानी हुन

कसैको माइजु हुन

कसैको अन्टि हुन

खास गरि उनी मेरी जिन्दगी मेरी श्रीमती हुन

अहिले जे छिन ठिक छिन तिमीले बिगत सुनाउदैमा टुट्ने त्यति कमजोर छैन हाम्रो नाता बुझेउ??

केटा निशब्द भयो...

श्रीमतीले अङगाल‍ो हाल्दै भनिन

तपाईंको य‍‍‍ो माया,भरोसा बिश्वास माथि कहिल्यै आच

आउन दिने छैन मेरो बाचा भयो।

सन्देश : श्रीमान श्रीमती एक रथका दुई पाङग्रा हुन बिगत लाई कोटाएर सम्बन्ध बिगारने होइन बिगतलाई भुलाएर सम्बन्ध अगाडि बढाउनु पर्छ ,, किनकि श्रीमान श्रीमती धर्ति अनि आकाश हुन ।