पथरी । रिना मृत्यु प्रकरणले नयाँ मोड लिएको छ । पथरीशनिश्चरे–१ बजार क्षेत्रमा नग्न अवस्थामा मृत फेला परेकी रिना खड्का बस्नेतको शव आज अन्तेष्टी गर्ने परिवारले तयारी गरेसँगै घटनाले नयाँ मोड लिएको हो ।
रिनाको न्यायको लागि लडिरहेको कविता पराजुलीको नेतृत्वमा बनेको संघर्ष समितिलाई कुनै जानकारी नदिई पीडित परिवारले धरानको चतरामा अन्तेष्टी गर्ने तयारी गरेपछि आज संघर्ष समितिले पत्रकार सम्मेलन गरी घटनाका बारेमा जानकारी गराउने संयोजक पराजुलीले जानकारी दिइन् । परिवार र संघर्ष समितिबीच पूर्ण रुपमा रिर्पाट नआई शबको अन्तेष्टी नगर्ने सहमति भएको थियो । सहमति विपरीत किन अन्तेष्टी गर्न परिवार तयार भयो यो निकै शंकास्पद देखिएको स्थानीय बताउँछन् । हत्या हो वा आत्महत्या भन्ने बारेमा अझै अन्यौल छ । स्थानीयले आत्महत्या कुनै हालतमा नभएको बताउँदै आएका छन् ।










