काठमाडौं: कञ्चनपुरमा भारतीय प्रहरीको गोलीबाट नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको विरोधमा नेत्राविक्रम चन्द ‘बिप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आहृवान गरेको नेपाल बन्दको खासै प्रभाव परेको छैन ।
हिजो पत्रकार सम्मेलन गरेर शनिबार नेपाल बन्दको घोषणा गरेको थियो । तर, काठमाडौंमा बन्दको खास प्रभाव देखिएको छैन् । राजधानीमा नियमितझैं सवारी साधन गुडेका छन् । अन्यउ शनिवार जस्तै आज पनि काठमाडौंमा सवारी साधन चलेका छन् । बजार पसल पनि खुलेको छ । राजधानीबाट बाहिरिने र भित्रने सावारीसाधन निर्बाध रुपमा आवतजावत भइरहेको ट्राफिक कार्यालयले जनाएको छ ।
भारतीय प्रहरीले नेपाली भूमिमा आएर नेपालीमाथि नै गोली हान्दा समेत सरकारले कुनै ठोस कदम नचालेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले बन्दको आहृवान गरेको हो ।



