सुनसरी, वैशाख १५ गते ।

सुनसरीको ईटहरी उप-महानगरपालिका-१६ कान्छी चोक स्थित जाल्पा पेट्रोल पम्प नजिकबाट प्रहरीले शनिवार ८ जना जुवाडेलाई पक्राउ गरेको छ । स्थानीय दुर्गा प्रसाद कोइरालाको घरमा तास खेलाई रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अपरान्ह सवा ४ बजे कोइराला सहित सोही स्थान बस्ने राम बहादुर धिमाल, बिदुर दुलाल, ईटहरी-१७ बस्ने राजेश अधिकारी, बम बहादुर ढकाल, रुव बहादुर रजान मगर, ईटहरी-८ बस्ने अमित श्रेष्ठ, बराह नगरपालिका-५ बस्ने उत्तम मगरलाई पक्राउ गरेको हो । प्रहरीले उक्त स्थानबाट तास ३ बुक, नगद ८० हजार ६ सय ८० रुपैयाँ, म्याट-१ थान र गलैचा १ थान बरामद गरेको छ । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।