धनकुटा- धनकुटाको सहिदभूमी गाउँपालिका-४, खोकुमा शनिबार १४ वर्षीय बालकले कोदालो प्रहार गरी आफ्नै बाबुको हत्या गरेका छन्।

बेलुका साढे ७ बजे सोही स्थान बस्ने वर्ष ४७ का इन्द्रकुमार राइलाई गाली गरेको कारण निजकै १४ वर्षीय छोराले कोदालोले टाउकोमा प्रहार गरेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोदालो प्रहारबाट राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनएको छ।

घटनाको जानकारी पाउनासाथ तत्काल घटनास्थल पुगेकाे जिल्ला प्रहरी कर्यालय धनकुटा र प्रहरी चौकी आँखीसल्लाकाे प्रहरी टोलीले कोदालो प्रहार गर्ने छोरालाई नियन्त्रणमा लिएकाे थियाे।

घटनाका सम्बन्धमा थप अनुसन्धान भरहेको उक्त कार्यालयले जनाएको छ।