झापा / सरकारी कार्यलयको कामकाज ठप्प पारेर जनप्रतिनिधि र कर्मचारी भ्रमणमा गएको खुलेको छ । जसका कारण सेवाग्राहीले शुक्रवार सेवा लिनबाट बञ्चित हुनुप¥यो । सेवाग्राहीले सेवा नपाएपछि शिवसताक्षी नगरपालिका– ९ का अध्यक्ष सहित कर्मचारीले काम लठिबद्र पार्दै ‘रिल्याक्समा’ भएको खुलेको हो । तर, जनप्रतिनिधि र कर्मचारी भ्रमणमा गएको नगरपालिकालाई भने थाहा नै नभएको बताइन्छ ।
शिवसताक्षी नगरपालिका – ९ का वडाअध्यक्ष छविलाल पाठक, सचिव निशा कोइराला लगायतका कर्मचारी तेह्रथुमको तीनजुरे भ्रमणका लागि गएका हुन् । अध्यक्ष सहित कर्मचारी भ्रमणमा गएपछि कार्यालयमा कर्मचारी नहुँदा पञ्जिकृतका सबैकाम ठप्प भए भने, जनप्रतिनिधि नहुँदा नागरिता सिफारिस, नाता प्रमाणित लगायत अन्य सिफारिसका कुनै पनि काम हुन सकेनन् ।
यता नगरकै वडा नम्वर – ११ का वडा अध्यक्ष भैरवकुमार श्रेष्ठ सहित सचिव नन्दिकेशर भट्टराई लगायतका जनप्रतिनिधि र कर्मचारी समेत तिनजुरे घुम्न गएको पाइएको छ । यस विषयमा वडा नम्वर ११ का वडा सचिव भट्टराईसंग सम्पर्क राख्दा उनले आफू काम विशेषले धरान गएको भन्दै बचावट गरेका छन् ।
यता प्रत्यक्ष दर्शीले भने वडा सचिव भट्टराई कार्यालयमा विहानै आएर वडा अध्यक्ष लगायतका कर्मचारी र जनप्रतिनिधि लिएर तीन जरे घुम्न गएको स्थानीयवासीले बताए । शिवसताक्षी नगरपालिका – ११ मा शुक्रवार एक जना खरदार सुरेन्द्र अर्यालमात्र कार्यलयमा भेटिए । उनी असिन–पसिन हुँदै दुवै वडावाट संकलन हुने कर असुली गरिरहेका थिए । वडा कार्यलयमा जनप्रतिनिधि र कर्मचारी नहुदाँ शुक्रबार २० जना भन्दा वढी सेवाग्राहीले सरकारी कार्यलयवाट सेवा लिन नसकेको बताइन्छ ।
पाँचथरवाट जग्गापासको सिफारिस लिन आएका खड्गध्वज आङथोवुले वडा अध्यक्ष नभएकै कारण सेवा लिन नपाएको गुनासो गरे । उनले भने, – ‘यो भन्दा चरम लार्पावाही के हुन्छ ?’ कुनै कार्यलय बन्द हुँदा वा गर्दा सार्वजनिक सूचना जारी गर्नुपर्ने प्रावधान छ । तर, विना सूचना कार्र्यलयमा कर्मचारी र जनप्रतिनिधि नहुँदा सर्वसाधरणले सास्ती खेप्नु परेको छ यसको क्षति कस्ले व्यहोर्ने ?’ उनले उल्टै प्रतिप्रश्न गरे ।
विदेश जानका लागि दाजुसंग नाता प्रमाणित गर्न ११ नम्वर वडा कार्यलयमा विहान १० वजे पुगेका अमित विक दिउसो २ वजे रित्तोहात घर फर्कनु प¥यो । उनलाई २ वजेसम्म वडा अध्यक्ष र वडा सचिव कार्यलय नआउने कसैले जानकारी दिएनन् । उनले भने,– ‘वेलैमा जानकारी दिएको भए म जस्तो मजदुरको वेलुकाको पेट त खालि हुने थिएन ।’ विक स्थानीयक्षेत्रमा मजदुरी गरेर परिवारको गुजारा चलाउदै आएका मजदुर हुन ।
भ्रमणका विषयमा शिवसताक्षी ९ र ११ का वडाध्यक्षले नगरपालिकालाई जानकारी नै नदिएको नगरका प्रशासकीय अधिकृत विष्णुवहादुर अधिकारी बताउँछन् । उनी भन्छन् – वडा नम्बर ९ कि सचिव निशा दिनभर कार्यलयमा रहेको आफूलाई जानकारी भएको बताएका छन् । तर, अन्य जनप्रतिनिधि र कर्मचारीको विषयमा आफूलाई थाहा नभएको बताएका छन् । यो खबर हामीले पुर्बेली न्यूज बाट साभार गरिएको










