संखुवासभा : विवाह गर्न लागेका एक जोडी विवाह मण्डपबाटै पक्राउ परेका छन्। शनिबार खाँदबारी नगरपालिका–६ तल्लो पांठाबाट प्रहरीले बेहुला–बेहुलीसहित ४ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बेहुला ३६ वर्षीया जितबहादुर तामाङ बुवा कैलाशपति तामाङ, बेहुली जानुका तामाङ उनको बुवा तीर्थ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोश राईले जानकारी दिए। शनिबार बाजा–गाजासहित विवाह गर्न लागेका जोडीलाई प्रहरीले विवाह मण्डपबाटै पक्राउ परेको हो। बाल विवाह हुँदै गरेको सूचना पाएलगत्तै प्रहरी टोली पांठा पुगेको थियो। पक्राउ परेका ४ जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यता बेहुली पक्षले जानुका २०५६ साल बैशाख ३ गते जन्म भएको विवाह गर्न उमेर पुगेको बताएको छ। पक्राउ परेकी बेहुली १८ वर्ष पुगे नपुगेको जन्म दर्ताको खोजी नगरपालिका गरे पनि पुरानो डाटा अहिलेसम्म नभेटिएको वडा अध्यक्ष दयानिधि बरालले जानकारी दिए।

उनले हामी जानुकाको जन्मदर्ताको खोजी गरे पनि नगरमा नभेटिएकाले माथिल्लो निकायको मन्त्रालयमा खोजी गर्ने आग्रह गरेको बताए। मण्डपबाटै बेहुला-बेहुला पक्राउ परेको जिल्लामा यो पहिलो घटना हो। थाहा खबर बाट