भक्तपुर । भक्तपुरवाट हराएका एक युवक तीन दिन पछि झुण्डिएको अवस्थामा फेला परेका छन् । हराएको तीन दिनपछि भक्तपुर नगरपालिका १ भार्वाचो बस्ने ५० वर्षीय आशकुमार राजलवट झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार वैशाख १२ गतेदेखि हराइरहेका राजलवट शनिबार साँझ भक्तपुर नपा १ चुनदेवीस्थित हनुमन्ते खोलाको किनारमा रहेको बाँसको झ्यांगमा झुण्डिएर मृत अवस्थामा फेला परेका हुन्। परिवारका सदस्यले उनी हराएको खबर प्रहरीलाई गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले राजलवट बाँसको झ्यांगमा प्लास्टिकको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको जानकारी दिए।

उनले मृतकको लास पोस्ट मार्टमको लागि भक्तपुर अस्पताल पठाइएको बताए । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । घटनास्थलमा सुसाइड नोट जस्ता कुनै पनि प्रमाण फेला नपरेका कारण घटना संकास्पद भन्दै प्रहरीले गहन अध्ययन थालेको जनाएको छ । उनले प्रयोग गर्ने मोबाइल पनि अनुसन्धानमा राखिएको प्रहरीले जनाएको छ । पाथिभरा अनलाइन बाट साभार