काठमाडौ । नेपाल खाद्य बैंक लिमिटेडले गत केहि बर्ष देखी नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारिकरणको लागी Market Survey, Market Research and Development ,Product Design ,Food Security,Agri Tourism ,Creating Demand तथा क्षमता अभिबृद्दिको लागी काम गर्दै आएको छ ।

हिजो मिति २८ अप्रिल २०१९ गतेको दिन नेपाली जडिबुटी ,मसला र अर्गानिक उपजहरुको लागी नयाँ सुरुआत भएको छ । हिजोको नै मितिमा नेपाल खाद्य बैंक लिमिटेड र माउन्ट एभरेस्ट बोटानिकल्स प्रा. लि.को बिच एक महत्वपूर्ण सम्झौता भएको छ , माउन्ट एभरेस्ट बोटालिकल्स प्रालिको संचालक अशिम केडिया र प्रसिम शाक्य ले सम्झौतामा हस्ताक्षर गर्नु भएको छ भने नेपाल खाद्य बैंक लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष रामराजा श्रेष्ठ र गणेश गिरि हुनुहुन्थ्यो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

माउन्ट एभरेस्ट बोटानिकल्स प्रालि केडिया ग्रुपका संचालकहरु बाट संचालित संस्था हो , केडिया गुप शताब्दी देखी नेपाली बजारमा उद्योग ,रोजगारी र आर्थिकसामाजिक परिवर्तनको धरोहर समुह हो ,एक प्रतिष्ठित समुहले नेपाल खाद्य बैंक लिमिटेड सङको सहकार्यमा बिस्व बजारमा पुग्ने लक्ष्यले सम्पुर्ण सरोकारवालाको हित हुने आशा छ भन्ने अभिव्यक्ति नेपाल खाद्य बैंक का अध्यक्ष श्रेष्ठले बताएका छन।

नेपाल खाद्य बैंक लिमिटेडले युरोपेली समुदायको रास्त्रहरुमा बजार पहिचान ,बजार निर्माण र खरिदबिक्री निर्माण सम्बन्ध ब्यबस्थापन गर्ने जिम्मेवारी सम्झौतामा लेखिएको छ भने उत्पादन ,सप्लाई,प्रमाणीकरण ,संकलन भने एभरेस्ट बोटानिकल्स प्रा लि ले जिम्मेवारी लिने भनिएको छ , दर भाउ भने दुबै संस्थाको आन्तरिक सहमतिमा तोक्ने भनिएको छ , यो सम्बन्धले दुबै संस्था को फाईदा मात्रै नभएर नेपाल अनि नेपाली युवाहरूलाई रोजगारी को सृजना ,वैदेशिक आर्जन अनि नेपालको आर्थिकसामाजिक परिवर्तन हुने दुबै सस्थाको संचालकको भनाई छ ।

सम्झौतामा हस्ताक्षरमा गर्ने क्रममा बिमल केडिया,रामराजा श्रेष्ठ ,आस्विन केडिया ,प्रसिम शाक्य,गणेश गिरि,निर्मल न्यौपाने र बाशुदेब न्यौपानेको सहभागिता थियो।