बाँके | नेपालगञ्जको एक कपास उद्योगमा आगलागी भएको छ । सोमबार बिहान नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २१ पुरैनामा रहेको शारदा कपास उद्योगमा आगलागी हुदाँ गोदामघरमा भण्डारण गरिएको कपास जलेर नष्ट भएको छ । उद्योग संचालकका अनुसार उद्योगको गोदामघरमा भण्डारण गरिएको करिब ५० लाख रुपैयाँ मूल्य बराबरको कपास जलेर नष्ट भएको हो ।
आगलागी नेपालगञ्ज उपमहानगरपालिकाबाट पुगेको दमलकको सहायतामा प्रहरी र स्थानीय बासिन्दाको टोलीले नियन्त्रणमा लिएको बताइएका छ ।आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










