काठमाडौं। खानपानको गलत बानीले दाँतमा कम उमेरमै पहेँलोपनको समस्या बढ्न सक्छ । यसले दाँतको माथिल्लो तह खराब हुनसक्छ र चमक कम हुनथाल्छ । दाँतको यस समस्याबाट बँच्नको लागि एक सामान्य उपायको प्रयोग निकै फाइदाजनक सावित हुन्छ । आयुर्वेदिक एक्सपर्टका अनुसार, दाँत चम्काउने एक सजिलो उपाय छ । यसकारण आज हामी त्यहीँ एक उपायको प्रयोग बारे चर्चा गर्दैछौँ, जसलाई प्रयोग गरेको केवल पाँच मिनेटमै दाँतको पहेँलोपन कम हुन्छ । दाँत चम्काउनको लागि के गर्ने?

स्याउ, नाशपति र गाँजरलाई आफ्नो आहारमा समावेश गर्नुहोस् । यसले मुखमा सेलाइभा बढी बन्छ । दाँत सफा रहन्छ र दाँतको चमक बढाउँछ । साथै सुर्तीजन्य पदार्थको सेवन गर्नुहुँदैन । यसले दाँतको पहेँलोपन बढाउँछ ।

दाँत चम्काउने विधि – एक स्याउको टुक्राले दाँतमा हल्का रगड्नुहोस् । यसले दाँतको चमक बढाउँछ । स्याउमा मैलिक एसिड हुन्छ । यसले दाँतको पहेँलोपन हटाउँछ । यसको साथै बदाम या अखरोट खानुहोस् । यसले दाँतमा जमेको प्लाक सफा हुन्छ र पहेँलोपन हट्छ ।

ध्यान राख्नुहोस् – दाँतको चेकअप अवश्य गराउनुहोस् । यसले समयमै दाँतको रोगहरू पत्ता लाग्छ र दाँतको चमक रहिरहन्छ । चिया, कफीको सेवन गर्नुहुँदैन । यसमा कैफिन हुन्छ, जसले दाँतको पहेँलोपन बढाउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय