काठमाडौं । कपिलवस्तुमा एक युवतीको हत्या भएको छ । हत्या हुनेमा वाणगंगा नगरपालिका वडा नम्बर ८ बालापुरकी २१ वर्षीया सुनीता थारु रहेकी छिन् । उनको ढुङ्गाले हानेर हत्या भएको हो । सोमबार विहान घर नजिकैको वाणगंगा खोलामा मृत अवस्थामा थारुको शव फेला परेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानले मृतक थारुको ढुङ्गाले हानेर हत्या भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी अच्युतमप्रसाद पुडासैनीका अनुसार ढुङ्गा प्रहारबाट युवतीको हत्या भएको र आशंकामा उनका श्रीमान २१ वर्षका सुरेश थारूसहित तीन जनालाई पक्राउ गरिएको बताएको छ ।थारुको शव सोमबार बिहान ४ बजेतिर फेला परेको हो ।युवतीको निधारमा ढुंगाले हानेको गहिरो चोट रहेको बताइएको छ ।ईताजा खबर बाट