नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले राजधानीमा आज रोकिराखेको साझा बसमा आगजनी गरेका छन्।
एअरपोर्ट–नयाँ बसपार्क रुटमा चल्ने बा ४ ख ५६४८ नम्बरको बसमा बालाजु बाइपास नजिकै आगजनी गरिएको हो। दिउँसो १ बजेतिर बसमा आगजनी गरिएको र घटनास्थलमा नेपाल कम्युनिस्ट पार्टीको बुकलेट र पम्प्लेट भेटिएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी सन्तोष तामाङले जानकारी दिए। आगलागीबाट बसको भित्री भाग नष्ट भएको छ।




