काठमाडौं।अधिकारसम्पन्न स्थानीय सरकार गठन भइसके पनि नीति निर्माणमा सक्रिय हुनुपर्ने सांसदहरुले आफ्नै तजबिजीमा खर्च गर्ने बजेट बढाउन दबाव दिन थालेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

नीति तथा कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा प्रतिनिर्वाचन क्षेत्र ४ करोड रुपैयाँ बजेटलाई १० करोड पुर्याउन सांसदहरुले ‘लबिइङ’ सुरु गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बजेट अधिवेश सुरु भएको दिन सोमबार नेकपाका सांसदहरुले बजेट बढाउन हस्ताक्षर संकलन सुरु भएको हो ।