सर्लाही – हरिवन नगरपालिकामा पाँच दिनदेखि इनारमा खसेका एक वृद्धको सोमबार नेपाली सेनाले सकुशल उद्धार गरेको छ ।

हरिवन नगरपालिका–५ घुर्कौलीका ५५ वर्षीय सानुमान जिम्बालाई नेपाली सेनाको रणशेर गण पाँचकुमारीका जमदार हिमबहादुर तिवारी नेतृत्वको सैनिक टोलीले जीवितै उद्धार गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गएको वैशाख १२ गतेदेखि हराइरहेका जिम्बालाई सोमबार ३० फिट गहिरो पानी सुकेको इनारमा स्थानीयवासी १३ वर्षीय विवश पाख्रिनले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्वास्थ्य अवस्था कमजोर रहेका जिम्बाको हरिवनस्थित नमूना अस्पतालमा उपचार भइरहेको छ ।