काठमाडौँ । रिसाएको मानिसले के गतल के सही भन्ने कुरा कहिल्यै सोच्दैन् । जब मानिस रिसाउँछ त्यसको परिणमा ठिक विपरित केही न केही नराम्रो घटना भएकै हुन्छ । रिस एक प्रकारको विनाश हो । रिसले कसैलाई फाइदा गर्दैन् । जब मानिस रिसाउँछ उसले सधै नराम्रो कुरा मात्रै गर्छ । त्यतिमात्र हैन वैवाहिक जीवनमा बाँधिएका मानिसलाई झन रिसले धेरै हानी पुर्याएको हुन्छ ।
सानो तिनो कुरामा श्रीमान श्रीमती बिच वैचारिक मतभेद हुनु सामान्य हो । तर तीनै सामान्य भनिएका कुराहरुलाई लिएर ठूलो विवाद मच्चाउनु भनेको रिसलाई नियन्त्रण गर्न नसक्नु हो ।
अधिकांश मानिस सामान्य कुरालाई लिएर ठूलै विवाद मच्चाउने गरेको देखिन्छ । यस्तो अवस्थामा रिसाएका व्यक्तिलाई खुसी बनाउन निकै समस्या पर्छ ।
कतिपय महिलाको कारण पुरुषहरुले निकै समस्या झेल्नुपर्ने अवस्था आएको हुन्छ । यद्यपी रिसाएको मानिससँग शान्त व्यवहार गर्नुपर्छ । रिसाएको व्यक्तिसँग रिसको स्वभावमा कुनै कुरा गर्नु हुँदैन् । एक व्यक्ति रिसएको छ र अर्को व्यक्तिले पनि रिसाह प्रवृत्ति देखायो भने झन विवाद उत्पन्न हुन्छ । त्यसकारण आज हामी तपाईहरुलाई रिसाएको मान्छेसँग कस्तो व्यवहार गर्ने भन्ने बारे बताउन गइरहेका छौँ ।
१.शान्त भएको बेला गरिएको हरेक काम सफल हुन्छ । यदि तपाईको श्रीमती रिसाएकी छन् भने त्यो बेला तपाई आफु शान्त बन्नुहोस् । यदि तपाई पनि रिसाउनुभयो भने झन जटिल समस्या थपिन सक्छ ।
२.कुनै समस्याको समधान गर्नु छ भने कसैसँग रिसाएर हैन खुसी भएर फ्रेस मोडमा समाधानको उपाय खोज्नुपर्छ । श्रीमतीको रिसलाई शान्त बनाउनकै लागि भएपनि केही बुझ्ने प्रयासमा लाग्नुपर्छ ।
३.यदि तपाईलाई श्रीमती रिसाएको थाहा छ भने समाधान तिर लाग्नुहोस् जब तपाई समाधान गर्ने तर लाग्नु हुन्छ तब तपाईको रिस शान्त हुन्छ । एउटा घरको वातावरण रमाइलो बन्दै जान्छ ।
४.प्राय धेरै महिलाहरु घरमा पुरुषले समय नदिएको कारण रिसाउने गर्छन् । त्यसकारण श्रीमती रिसाएको बेला उनको कुरा सुन्नुहोस् । कसरी उनको कुरालाई समाधान गर्न सकिन्छ त्यतै तिर लाग्नुहोस् र उनलाई बुझाउने प्रयास गर्नुहोस् ।
५.यदि तपाईको बच्चाहरु पनि छन भने उनीहरुको सहायताबाट पनि समस्या समाधानको उपाय लिन सकिन्छ । त्यो अवस्थामा छोराछोरीको कुराहरुले पनि ठूलो सहयोग गर्छ ।




