लहान । सङ्घीय समाजवादी फोरम प्रदेश नं २ को अध्यक्षमा विजय यादव निर्वाचित भएका छन्।

फोरम प्रदेश नं २ को कार्यसमितिका लागि भएको मतदानमा फोरमका उपाध्यक्ष तथा पूर्वमन्त्री रेणु यादवलाई ३७ मतान्तरले पराजित गर्दै फोरमको केन्द्रीय कोषाध्यक्ष तथा प्रदेश नं २ का आर्थिक मामिला तथा जनामन्त्रीसमेत रहेका यादव निर्वाचित भएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गए राति सम्पन्न मतगणना परिणामअनुसार विजय यादवले १८४ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी रेणु यादवले १४७ मत प्राप्त गरिन्। प्रदेश समितिको निर्वाचनमा ४०५ मतदाता थिए।

फोरमको नयाँ विधानअनुसार प्रदेशको ५१ सदस्यीय समितिमध्ये ४१ का लागि निर्वाचन भएको थियो।

निर्वाचन समितिका अनुसार २०० ले प्रदेश सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए।

अध्यक्ष र सदस्यको निर्वाचन भएपछि नयाँ समितिले तीन उपाध्यक्ष, एक महासचिव, एक सचिव र एक कोषाध्यक्षसहित १० पदाधिकारी मनोनित गरिने व्यवस्था छ।