काठमाडौं, वैशाख १७

नेपाली कांग्रेसमा विलय भएको विजयकुमार गच्छदार नेतृत्वको तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका मेयर नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । कांग्रेससँग एकतागरेपछि असन्तुष्ट रौतहटको ईशनाथ नगरपालिकाका मेयर नेकपामा प्रवेश गर्नुभएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मेयर सन्तोषकुमार मेहतालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज विहान काठमाडौंमा पार्टी प्रवेश गराउनु भएको हो । नेपाली कांग्रेसले देशमा विकृति र भ्रष्टचारमात्र संस्थागत गरेको भन्दै मेयर मेहताले नेकपालाई आफुले रोजेको उल्लेख गर्नुभयो । उहाले सरकारको राष्ट्रिय समृद्धिको यात्रामा नगरपालिका र आफुले सक्दो प्रयास गर्ने बताउनु भयो ।

कार्यक्रममा राजपाबाट रौतहट क्षेत्र नं. ३ का उम्मेद्धार ओमप्रकाश जयसवाल पनि नेकपा प्रवेश गर्नुभएको छ । राजपाले क्षेत्रीयतावादी सोच त्याग्न नसकेका कारण सो पार्टीमा बस्न नसकेको उल्लेख गर्नुभयो । दुवै जनालाई अध्यक्ष प्रचण्डले टिका लगाएर पार्टी प्रवेश गराउनु भएको थियो ।