काठमाडौं । मेची महाकाली अभियानमा एमालेले शनिवार चितवनमा शक्ति प्रर्दशन गरेको छ । हेटौडाबाट सुरु भएको दोस्रो मेची महाकाली अभियानको दोस्रो दिन एमालेले करिव ४० हजार नागरिक सडकमा उतारेको छ । चितवनको १५ किलोमिटर सडकमा एमाले नेता कार्यकर्ता भरिएका छन् । निरन्तर पानी परिरहेको भएपनि ४० हजारभन्दा बढि नागरिक अभियानमा सहभागि भएको एमाले प्रचार विभागका सचिव बिष्णु रिजालले बताए । नारायण नदीको किनारामा हजारौ नागरिक जम्मा भएपछि एमाले कावासोतीतर्फ लागेको छ । अभियानको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल लगाएतका नेताहरुले गरिरहेका छन् । मेचि महाकाली अभियान अन्र्तगत राजविराजमा मधेसी मोर्चाका कार्यकर्ताले आक्रमण गरेपछि एमालेले तीन दिनका लागि अभियान स्थगित गरेको थियो । आफ्नो अभियानलाई निरन्तता दिँदै एमाले शनिवार चितवन पुगेको छ । चितवन हुँदै एमाले महाकाली पूग्ने तयारीमा छ । -
चितवनमा १५ किलोमिटर सडक नै ढाक्ने गरी उर्लिए जनता
सवाल नेपालसंवाददाताशनिबार, २६ फागुन २०७३

चितवनमा १५ किलोमिटर सडक नै ढाक्ने गरी उर्लिए जनता
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



