मोरङ, वैशाख १७ गते । मोरङको पथरी-शनिश्चरे नगरपालिका-१० भुटानी शिविर अगाडी आज मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्गमा दिउँसो पौने १ बजे पश्चिम तर्फ जाँदै गरेको तत्काल पहिचान खुल्न नसकेको मोटरसाईकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका बस्ने बर्ष ६० की पूर्णमाया गदाल घाइते भएकी थिईन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते गदाललाई उपचारको लागि पथरी अस्पतालमा पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा दिउँसो १ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाईकलको खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।