धनगढी । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोलीबाट मारिएका सहित गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ दोधा नदीमा अन्त्येष्टि गरिने भएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालका अनुसार अाइतबार गरिने अन्तेष्टिमा ११ तोपको सलामीसहित नेपाल प्रहरीले शोक धुन बजाउने छ ।

एसएसबीको ज्यादतिविरुद्ध प्रतिकार गर्ने क्रममा गौतमको बिहीबार मृत्यु भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गौतमको शनिबार सेती अञ्चल अस्पतालमा पोष्टमार्टम भएको छ । आइतबार बिहान साढे ८ बजे अस्पताल गेटबाट शवयात्रा निकालिनेछ ।

शवयात्रा शहरका बिभिन्न स्थान परिक्रमा गर्दै दोधा नदीमा सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।