उर्लावारी/मोरङको उर्लावारी नगरपालिका-१ मा आज रुखको ठुटामा पलाएको च्याउ खाँदा २ जना विरामी भएका छन् ।

दिउँसो साढे १२ बजेको समयमा सोही स्थान बस्ने ६० बर्षीया लोरीमाया माझी र निजको छोरी बर्ष २४ की चन्द्रीमाया माझीले घर नजिकै रहेको रुखको ठुटामा पलाएको च्याउ सब्जी बनाएर खाँदा विरामी भएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

च्याउ खाएर विरामी भएका आमा-छोरीको गोदावरी अस्पताल उर्लाबारीमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।