कपिलवस्तुका १७ वर्षीय प्रदीप पौडेलले कम्पनीमा काम गर्दा गुमाएको हातका कारण यति बेला जीवनयापनकै निम्ति छट्पाटाइरहेका छन् । वाणगङ्गा नगरपालिका–४ जीतपुरका पौडेलले गत फागुन १ गते करेन्ट लागेर हात गुमाउनुभयो ।

दश महिनादेखि नगरपालिकाको बैरियामा रहेको होण्डा सोरुममा काम सिक्दै आउनुभएका पौडेलले काम गर्ने क्रममा करेण्ट लागेपछि अवस्था यस्तो भएको हो । भाँच्चिएको दाहिने हात र टाउकामा समेत गहिरो चोट बोकेर हिँडिरहनुभएका पौडेलले आँखाभरि आँशु निकाल्दै त्यो दिन आफ्ना लागि कालो दिन भएको बताउनुहुन्छ ।