काठमाडौँ । २६औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता र्‍याली’ को आयोजना गरेको छ।

बबरमहलबाट शुरू भएको र्याली बिजुलीबजार हुँदै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन अगाडि पुगेर कोणसभामा परिणत भएको थियो।र्‍यालीमा सहभागीहरुले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हामी सबैको ऐक्यबद्धता’, ‘प्रेस स्तन्त्रता कायम गर’ लेखिएका प्लेकार्ड बोकेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोही अवसरममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष दण्ड गुरूङलागतयले पछिल्लो समयमा प्रेसमाथि आक्रमण बढ्दै गएको भन्दै प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गरे।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सञ्चार क्षेत्रलाई पुनःसंरचना गर्दै पत्रकारहरुको न्यनूतम पारिश्रमिक पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।