काठमाडौँ । नेकपाका नेताहरु चढेको कार दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।
हिजो बुधबार दाङबाट बुटवलतर्फ आउँदै गरेको बा १९ च १३३ नम्बरको कारलाई नारायणघाटबाट घोराही जाँदै गरेको ना ६ ख ४३४९ नम्बरको ट्रकले ठक्कर दिँदा युवा संघ प्रदेश ५ का अध्यक्ष मनोहर बुढाथोकी, प्रदेश सदस्य लक्ष्मण शर्मा, शिवकुमार आचार्य र शिवानन्द गिरी घाइते भएका हुन्।हाल घाइतेहरुको नेपालगञ्जमा उपचार भईरहेको प्रहरीले जनाएको छ।










