काठमाडौं। खुट्टाको दुर्गन्धसँग त सबैजना परिचित नै हुनुहुन्छ। कोहि-कोहि व्यक्तिहरूको झन् जुत्ता फुकालेपछि, कोठामा बस्नै नसकिने गरि उसको खुट्टा गन्हाउने हुन्छ, त्यो व्यक्तिमा तपाईँ पनि पर्न सक्नुहुन्छ।
मीठो बासना आउने अत्तर लगाएका व्यक्तिहरूको पनि खुट्टा गन्हाउने हुन सक्छ। तर यस्तो किन हुन्छ ? किन हाम्रो खुट्टाको दुर्गन्ध अन्य अङ्ग, जस्तै हत्केलाको भन्दा नराम्रो हुन्छर?
एक रिसर्चबाट निस्केको निष्कटर्ष अनुसार पसिनाले गर्दा खुट्टा गन्हाउने होइन, खुट्टाको छालामा भएका ब्याक्टेरियाहरूले त्यहाँबाट निस्केको पसिनालाई पचाएपछि विसर्जन गरेको ग्याँसपदार्थले गर्दा नै खुट्टाबाट दुर्गन्ध निस्कने रहेछ। त्यसो भए, यस्तो दुर्गन्धलाई कसरी हटाउने त?
दुर्गन्धलाई हटाउने एउटै उपाय भनेको ब्याक्टेरियालाई हटाउनु हो, र त्यसको लागि हाम्रो खुट्टालाई सकेसम्म सुक्खा राख्नु जरुरी हुन्छ। त्यसलगायत यी ६ सजिला तरिकाहरूले पनि खुट्टाको दुर्गन्धलाई कम गर्दै लैजान्छः
१. नुनपानीमा डुबाउनुहोस् :
“नुनले छालाबाट सुक्खापना हटाउँदछ, जसले गर्दा त्यहाँ ब्याक्टेरिया बाँच्न सक्ने सम्भावनालाई कम गराउँदछ।” युनिभर्सिटी अफ पेन्सलभेनियाका पादविशेषज्ञ ‘अल डि’एन्जेलान्टोनियो’ले भने।
यसको लागि एउटा भाँडामा मनतातो पानी राख्नुहोस् र त्यसमा २ चम्चा नुन राख्नुहोस् र त्यसलाई घोल्नुहोस्। नुनपानीको मिश्रणमा तपाईँको खुट्टालाई २० मिनेटसम्म भिजाउनुहोस्, १ हप्तासम्म यस्तो गरेमा तपाईँको खुट्टाबाट दुर्गन्ध आउन छाड्नेछ।
२. भिनेगरको मिश्रणमा डुबाउनुहोस् :
यदि ब्याक्टेरियालाई पूर्णरूपमै सखाप बनाउन चाहनुहुन्छ भने, तपाईँको खुट्टालाई भिनेगरले धुनुहोस्। यसले ब्याक्टेरियामा भोकमरी फैलाउने काम गर्दछ। यसको लागि, एउटा भाँडामा मनतातो पानी राख्नुहोस् र त्यसमा पानीको आधा भागजति भिनेगर मिसाउनुहोस्। उक्त मिश्रणमा ३० मिनेटसम्म आफ्नो खुट्टा डुबाउनुहोस् र यो १ हप्तासम्म गर्नुभयो भने खुट्टाबाट दुर्गन्ध हट्नेछ।
३. चियाले खुट्टा पखाल्नुहोस् :
कालो चियामा हुने रसायनले हाम्रो पाइतालामा हुने साना साना प्वालहरूलाई टाल्ने काम गर्दछ, जसले गर्दा त्यहाँ ब्याक्टेरियाहरू बस्न पाउँदैनन्। यसले प्राकृतिक एन्टिबायोटिकको काम पनि गर्दछ।
यसको लागि, १ कप पानीमा २ चम्चा कालो चिया राख्नुहोस् र १० मिनेटसम्म उमाल्नुहोस्। त्यस चियालाई मनतातो गराउनको लागि थोरै चिसो पानी मिसाउनुहोस् र त्यसले खुट्टा धुनुहोस्। १ हप्तासम्म यस्तो गर्नाले पनि खुट्टाको दुर्गन्ध हट्ने गर्दछ।
४. सही जुत्ता छान्नुहोस् :
नाइलनबाट बनेको जुत्ताले खुट्टालाई ओसिलो बनाइराख्छ, जसले गर्दा ब्याक्टेरियाहरू आकर्षित हुन्छन् र दुर्गन्ध आउने गर्दछ। तर ऊनी अथवा अन्य कपडाबाट बनेको जुत्ताले खुट्टामा हावालाई आवतजावत गराउँदछ, जसले गर्दा खुट्टालाई सुक्खा राखिराख्दछ।
५. परफ्युम लगाउनुहोस् :
खुट्टामा परफ्युम लगाउनाले पनि सुक्खा बनाइराख्दछ भने त्यसमा भएको अल्कोहलले ब्याक्टेरियाहरूलाई हटाउँदछ।



