भल्ट र डिजिटल काँटाहरु पनि उपलब्ध
दमक /झापाको दमक ६ (साविक ११ )मा नयाँ ज्वलेर्स सञ्चालनमा आएको छ । रत्न ज्वलेर्षको नाममा दमकमा राम्रो ख्याती कमाएको र विश्वास जितेपछि दमकको शंखधर साख्वाचोकमा श्री रत्न ज्वेलर्ष सञ्चालनमा आएको बताइन्छ ।
दमकमा साढे तीनदशक अघिदेखि ज्वेलर्ष ब्यवसाय गर्दै आएका रत्नबहादुर गजमेरले नयाँ ज्वेलर्ष खोलेकाहुन् । दमकका दुइ उदयमान युवा ब्यवसायी तथा रत्नका छोेराहरु प्रकाश र उमेसले ज्वेलर्षको ब्यवस्थापन गर्दै आएकाछन् ।
उमेशका अनुसार गरहगहनामात्र नभएर अब यहाँबाट सेफ, लकर तिजोरी र भल्टहरु यहाँ उपलब्ध हुनेछ । कम्प्यूटर काँटी, सुनचाँदी तथा किराना फलफूलका लागि काँटा समेत बिक्री शुरु गरिएको उनको भनाइ छ ।
उपभोक्ता तथा ग्राहककलाइ सन्तुष्ट बनाउने आफूहरुको लक्ष्य रहेको जनाए । यहि विश्वासले आफुहरु यहाँसम्म आइपुगेको समेत उनको भनाइ छ ।




