काठमाडौं । सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । ना७ख ३२४० नम्बरको बस बिहान ४ बजे पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिबेसी ८ खानिखोलामा दुर्घटना हुँदा १३ जना घाइते भएका हुन् ।

 

घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा ११ जना पुरुष र २ जना महिला रहेका छन् । गम्भिर घाइते भएका पुरुषलाई उपचारका लागि काठमाडौ ल्याइएको छ । सामान्य घाइतेहरुको शिवदर्शन अस्पतालमा उपचार भइरहेको खानिखोला ट्राफिक पोस्टका नायब निरीक्षक उद्धव पोखरेलले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय