दमक/झापाको दमकमा हिजो सवारी दुर्घटना भएको छ । रोकिरहेको बोलेरोलाइ मोटरसाइकलले ठक्कर दिएको बताईएको छ । प्रहरीले दुर्घटनासम्बन्धि पठाएको विववरण यस्तो छ-
मिति २०७६।०१।१८ गते अ.१७:४५ बजे जि.झापा दमक न.पा.-१ बेलडागी रोडको चुलाचुली बोर्डिङ स्कुल नजिक रोकी राखेको को.१ च.६११२ न.को बोलेरो पिकअप गाडीलाई मे.५ प.३२०१ न.को मो.सा.ले पछाडीबाट ठक्कर दिदा मो.सा.मा सवार मो.सा.चालक जि.ईलाम चुलाचुली न.पा.-३ पेल्टिमारी बस्ने बर्ष ३५ को नबिन राई , पछाडी सवार जि.पाँचथर आङबुङ गा.पा.-५ दशमी बस्ने बर्ष २६ की जमुना राई र सोही मोसा पछाडी सवार चुलाचुली गा.पा.-३ बस्ने बर्ष २० को भबिन राई घाइते भइ तिनै जनाको लाईफ लाईन हस्पिटल दमकमा उपचार भैरहेको, मो.सा.,बोलेरो गाडी,बोलेरो चालक जि.ईलाम माङसेबुङ गा.पा.-५ बर्ष २९/३० को नरेन्द्र राई प्रहरीको नियन्त्रणमा अन्य थप अनुसन्धान कार्य भइरहेको ।










