काठमाडौं। घिउ कुमारी सर्व गुणकारी मानवहीतमा प्रकृतिले दिएको बरदान यसलाई आयुर्वेदमा संजिवनी मानिन्छ । छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउँ भर्ने समेतको कार्य यसबाट हुने गर्दछ ।एलोवेराको जुस नियमित पिउने व्यक्ति कहिल्यै विमार रहन्न । जोड्नी दुखेमा रक्तसंचारको रुपमा एलोवेरालाई बेजोड् मानिन्छ । एलोवेराले कपाल चुडिनबाट जोगाउँने तथा कपाललाई सेतो हुनबाट रोक्ने गर्दछ । दैनिकरुपमा सुत्नुभन्दा अगाडी गोडामा लगाएमा गोडा फुट्नबाट बचाउँछ । यस्ले छालाको नरमपनलाई कायम राख्दछ ।

औषधोपचार

१. आँखाको रोगमा
आँखाको रोगमा घ्यू कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ ।

२. कानको रोगमा
कानको रोगमा घ्यू कुमारीको गुदी मनतातो पारेर २\३ थोपा दाहिने कान दुखोमा देब्रे कानमा र देब्रे कान दुखेमा दाहिन कानमा हाल्ने र दुबै दुखेमा दुबैमा हाल्नाले ठीक हुन्छ ।

३. मस्तिष्कको रोगमा
मस्तिष्कको रोगमा नित्य १ चम्चा घ्यू कुमारी खाने र तालुमा लगाउने गरेमा टाउको पोल्ने, पित्त विकार आदि ठिक हुन्छ र मस्तिष्क ठण्डा हुन्छ ।

४. पुरानो ज्वरोमा
पुरानो ज्वरोमा घ्यू कुमारीको जरा १ चम्चा तातो पानीसँग खानाले जीर्ण ज्वरो पनि निको भएर आउँछ । यसो गर्दा वमन भएमा डराउनु पर्दैन पित्त निस्केर जान्छ ।

५. जण्डीस, कमलपित्त भएमा
जण्डीस, कमलपित्त भएमा बिहान बेलुका १\१ चम्चा घ्यू कुमारी सेवन गर्ने गरेमा आँखा, शरीर पहेलो भएको हट्दै जान्छ र निको हुन्छ ।

६. खटिरामा
खटिरामा घ्यू कुमारीको गुदी तताएर खटिरामा बाँधेमा घाउ छिट्टै पाक्छ र निको हुन्छ ।

७. वायुगोला\गानो गएमा
वायुगोला\गानो गएमाः १ चम्चा घ्यू कुमारीको गुदी, १चम्चा राम्रो बेसार १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खाली पेट केही दिन खाएमा ठीक हुन्छ ।

८. चिनी रोग (डाइबेटिज) मा
चिनी रोग (डाइबेटिज) मा १ चम्चा घ्यू कुमारीको गुदीमा १ चम्चा गुर्जोको सत्व (चिनी) फिटेर खाने गरेमा रोग निको हुँदै जान्छ ।

९. यौवनवान बनिरहन
यौवनवान बनिरहन २ चम्चा घ्यू कुमारीको गुदी बिहान\बेलुका खाने गर्नाले कुनै रागले छुदैन, दाँत बलियो हुन्छ, स्वर सुरिलो हुन्छ, कपाल कालो हुन्छ, शरीरमा सँधै बल प्रदान गरिरहन्छ ।

१०. कुनै पनि विषमा
कुनै पनि विषमा घ्यू कुमारीको रस वा गुदी नित्य सेवन गर्नाले सम्पूर्ण शरिरको विष नाश हुन्छ, बल तागत प्रदान गर्छ । यसलाई मालिसको रुपमा शरिरमा लगाउनाले पनि प्रशस्त फाईदा हुन्छन् ।

११. टाउको दुखेमा
टाउको दुखेमा घ्यू कुमारीको लेदो मनतातो पारेर कञ्चटमा लगाउनाले वातज, पितज टाउको दुख्ने ठीक हुन्छ ।

१२. पेटमा गाँठो देखिएमा
पेटमा गाँठो देखिएमा घ्यू कुमारी तताएर पेटमा गाँठो भएको ठाँउमा बाँध्नाले गाँठो ठीक हुँदै जानेछ ।

१३. बच्चालाई कब्जिएत भएमा
बच्चालाई कब्जिएत भएमा घ्यू कुमारीको लेदो र साबुनको गाज फिटेर नाइटोमा वरिपरि लगाउनाले दिसा लागेको निको हुन्छ ।

१४. वाथ भएमा

वाथ भएमा घ्यू कुमारीको गुदी नित्य बिहान/बेलुका एक/एक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । घ्यू कुमारीको गुदी नित्य बिहान/बेलुका एक/एक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ ।

१५. मर्केको, चोट लागेको र सुनिएकोमा
मर्केको, चोट लागेको र सुनिएकोमा घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।

१६. दाद आएमा
दाद आएमा घ्यू कुमारी, लसुनमा पिनेर लेप लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।

पाइल्स भएर हैरान हुनुहुन्छ ? घ्यु कुमारी र काँचो केरा यसको अचूक औषधि

घ्यु कुमारीको गुदी पाइल्सका रोगीका लागि धेरै उपयोगी हुन्छ। पाइल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ। त्यसैले विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ। बदामको तेल अर्थात् बदाम रोगन पनि लगाउन सकिन्छ। एक दिनमा ३-४ पटक मलद्वारमा बदामको शुद्ध तेल लगाए आराम मिल्छ।

पाइल्सका रोगीले तारेको-भुटेको तथा रेशारहित खाना खानु हुँदैन। कब्जियत हुन नदिन रेसायुक्त (फाइबर) खाना प्रशस्त खानुपर्छ। अलिभको तेल लगाउँदा पनि आराम प्राप्त हुन्छ । मूलाको रस बिहान बेलुका खाँदा पाइल्सका रोगीलाई फाइदा हुन्छ । काँचो केरा उसिनेर बिहान-बेलुका खाँदा फाइदा मिल्छ । आँपको कोयाको गुदीको चूर्ण महसँग मिसाएर खान सकिन्छ। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय