काठमाडौं।नेपाल र भियतनाम वीच हवाई सम्झौता हुने भएको छ । भियतनामबाट सोझै भैरहवाको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलमा हवाई उडान गर्न नेपालले तयारी गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साता गर्ने भियतनाम भ्रमणका क्रममा यस्तो सम्झौता गर्ने तयारी गरिएको हो । ‘प्रधानमन्त्रीज्यूको भ्रमणका क्रममा हवाई सहित केही महत्वर्पूण सम्झौता हुँदैछ, हवाई सम्झौतासँगै त्यहाँका बुद्धधर्मावालम्बी नेपाल आउन सहज हुनेछ, यसले नेपाल भ्रमण वर्षलाई सकारात्मक टेवा दिनेछ’–भ्रमणबारे सञ्चारकर्मीलाई जानकारी दिदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘आर्थिक पावर हाउस’का रुपमा उदाएको भियतनामसँग सिधा हवाई सम्पर्क जोडिएपछि नेपालको अन्तर्रा्ष्ट्रिय व्यापार फराकिलो बन्ने उनको भनाई छ । भियतनामी समकक्षी गुयेन युवान फुकको औपचारिक नियन्त्रणमा प्रधानमन्त्री ओली यही बैशाख २६देखि ३० गतेसम्म सो मुलुकको भ्रमण गर्दै हुनुहुन्छ । यस अघि २० अक्टोबर २०१५मा नेपाल–भियतनाम वीच सिधा हवाई उडान गर्नेबारेको प्रारम्भिक हस्ताक्षर भएको थियो ।