भारतीय सीमा सुरक्षा बल एसएसबीको गाली लागेर मृत्यु भएका कञ्चनपुरका गोविन्द गौतमको शवयात्रा निकालिएको छ । शवयात्रामा सयौँ मानिस सहभागी भएका छन् । कञ्चनपुरको पुनर्वासा नगरपालिका हुँदै कञ्चनपुरको दोधा नदीको किनारामा गोतमको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि हुने छ ।

gautam2

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सेती अञ्चल अस्पताल धनगढीबाट सुरु भएको शवयात्रा धनगढीका विभिन्न चोक हुँदै कञ्चनपुरको पुर्नवासा पुग्नेछ ।पुनर्वासा नगरपालिकाको आइबीआरडीमा अन्तिम श्रद्धाञ्जली दिएसँगै उनको दोदा नदी किनारामा ११ तोपको सलामीसहित अन्त्येष्टि गरिने छ । उनको शव राखिएको गाडीलाई सजाइएको छ र राष्ट्रिय झन्डा राखिएको छ । शवयात्रामा सहभागीहरुले गोविन्द गौतम अमर रहून् भन्ने नारा लगाएका छन् । उनीहरूले भारतीय हेपाहा प्रवृतिको विरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । शवयात्रालाई मर्यादित र शान्तिपूर्ण बनाउन धनगढी आसपास,डोके बजार र धनगढी(पुनर्वास मार्गमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मिहरु परिचालन गरिएको छ ।

gautam

गत बिहीबार सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागेर उनको मृत्यु भएको थियो । उनको मृत्यु भएसँगै उनलाई शहील घोषित गर्न र राष्ट्रिय सम्मान दिन माग भएको थियो । सरकारले उनलाई शहील घोषणा गरेको छ ।