इनरुवा । सुनसरीको कोशी गाउँपालिका १ स्थित राजापोखरी बाट सशस्त्र प्रहरीको संयुक्त टोलिले ठुलो परिणाममा गाजा सहित एक भारतीय नागरिक लाई पक्राउ गरेको छ । बिहीबार अबेरराति १२:४५ बजेको समयमा कोशी गा.पा. १ राजापोखरी स्थित खेतको बाटो हुँदै नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा ६० केजी गाजा सहित भारतको बिहार राज्य सुपौल जिल्ला बनेलिपट्टी ग्रा.पं.२ बस्ने बर्ष १९ का दशरथ कुमार मेहतालाई सशस्त्र प्रहरीको टोलिले पक्राउ गरेको जनाएको छ ।
विशेष सूचनाको आधारमा स.प्र.बल नेपाल बि.ओ.पि. लौकहीबाट सप्रनि आनबहादुर गुरुङ, बि.ओ.पि.श्रीपुर बाट सप्रनि निरन थापा नेतृत्वको संयुक्त रूपमा खटिएको टोलीले भारतीय नागरिक मेहता लाई ६० केजी गाजा सहित पक्राउ गरी आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय लौकहीको जिम्मा लगाएको जनाएको छ ।










